राजनीतिक अस्थिरताका कारण देश विकासले गति लिन सकेन: अध्यक्ष ओली

काठमाडाैं | माघ २२, २०७९

राजनीतिक अस्थिरताका कारण देश विकासले गति लिन सकेन: अध्यक्ष ओली

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्थिरताका कारण देश विकासले गति लिन नसकेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर अध्यक्ष ओलीले देशको राजनीतिक परिवर्तनपछि कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नपाएको बताए। 

 

उनले ००७ सालपछिका कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नपाएको बताए। उनले भने, '००७ सालको राजनीतिक परिवर्तनपछि कुनै पनि सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्न सकेन्। ०१५ सालको पहिलो निर्वाचित जनप्रतिनिधिसमेत दुई वर्ष पुग्न नपाउँदै अपदस्थ गरिए, थुनामा राखिए र लोकतन्त्र अपहरित गरियो।'

 

नयाँ संविधान जारी भएपछि वर्षैपिच्छे प्रधानमन्त्री फेरिएको बताउँदै ओलीले भने, 'राजनीतिक स्थायित्व गरी जारी भएको संविधानपछि पनि सात वर्षभित्र सात जना प्रधानमन्त्री फेरिए। हामीले राजनीतिक स्थायीत्वका साथ नयाँ संविधान जारी गर्‍यौँ। तर स्थायीत्व कस्तो भने वर्षमा एउटा प्रधानमन्त्री फेरिने।'

 

ओलीले आफूहरूले राजनीतिक स्थिरताको सँधै अपेक्षा गरे पनि अस्थिरतामात्र हात परेको बताए। उनले भने, 'हाम्रो चाहना प्रयास र खोजी स्थिरता र स्थायीत्वको रह्यो। तर, हाम्रो प्राप्ती भने सँधै अस्थिरता रह्‍यो।'

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्

काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

थप पढ्नुहोस्

ढोरपाटनः  नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघुजलविद्य...

थप पढ्नुहोस्